Wednesday, December 7, 2011

मधेशी युवालाई सेनामा सहभागिता गराउने, मन्त्री गच्छेदार

नेपालगन्ज मंसिर २१ गृहमन्त्री तथा रक्षामन्त्री विजय कुमार गच्छेदारले मधेशी युवालाई छिट्टै समूहगत रुपमा नेपाली सेनामा लगिने बताउनु भएको छ । मधेशी युवा फोरम लोकतान्त्रिकको केन्दि्रय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज नेपालगन्ज आउनु भएका गृहमन्त्री गच्छेदारले चार बुादे सहमति अनुरुप मधेशी युवालाई सेनामा लैजाने प्रक्रिया शुरु भईसकेको जानकारी दिनुभयो । उहााले कम्तीमा पन्द्र दिनभित्रै सो प्रक्रियामा सफलता हासिल गर्ने दावी गर्दै चार बुादे सहमतिको भावना र मर्म अनुरुप मधेशका मुद्दालाई सम्बोधन नगरे मधेशी मोर्चा सत्ताबाट बाहिरिने बताउनुभयो । अहिलेको गठबन्धन सरकार शान्ति र संविधान निर्माणका प्रक्रियामा निकै अघि बढेको र त्यसका सकारात्मक संकेत देखिएको भन्दै मन्त्री गच्छेदारले माओवादीको नेतृत्वमा अघि बढेमा मात्र शान्ति र संविधान निर्माणमा सफलता प्राप्त हुने ठोकुवासमेत गर्नुभयो । २ दिने फोरमको युवा सम्मेलनमा ९ जिल्लाका मधेशी युवाहरुको सहभागिता रहेको छ ।

No comments:

Post a Comment