Wednesday, December 7, 2011
आक्रमणको विरोधमा नेपालगन्ज बन्द
नेपालगन्ज, २१ मंसिर
तरुण दलका चितवन अध्यक्ष शिव पौडेलसहित पााच जनामाथि भरतपुर कारागारभित्रै भएको आक्रमणको विरोधमा नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल तरुण दल बााकेले बुधबार आयोजना गरेको बााके बन्दले यातायात, बजार, शिक्षण संस्था पं्रभावित भएको छ ।
बन्दका क्रममा आईपुगेका गृहमन्त्री विजयकुमार गच्छेदारलाई विमान स्थलबाट लिएर र्फकदै गरेका फोरम लोकतान्त्रिकका कार्यकर्ता र प्रदर्शनकारीबीच विपी चौकमा सामान्य झडप भएको थियो । उक्त क्रममा तरुण दल र नेविसंघका कार्यकर्ताले फोरमका कार्यकर्तालाई लखेटेका थिए ।
सुर्खेतरोडमा विरोधमा उत्रेका युवाहरुका कारण झडप हुन सक्ने सम्भावना देखेपछि प्रहरीले मन्त्री गच्छेदारलाई प्रदर्शनकारीलाई छक्काएर बजारको भित्री बाटो कार्यक्रम स्थल जिल्ला विकास समितिमा पुर्याएका थिए ।
बन्दका क्रममा कुनै पनि अपि्रय घटना नभएको जिल्ला प्रहरी कार्यालय बााकेले जनाएको छ । बााके लगायत मध्य र सुदुरपश्चिमका प्रमुख शहरहरु प्रभावित भए । आक्रमणको विरोध गर्दै विहानैदेखि सडकमा उत्रेका प्रदर्शनकारीहरुले दोषि माथी कडा कार्वाहीको माग राखेका थिए । दबाब बढेपछि गृहमन्त्रालय चितवनका एक जना प्रहरी उपरिक्षक खिनु प्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी नन्द किशोर त्रिपाठी, जेलर चुडामणी गौतम र कारागारमा रहेका केही प्रहरीहरुलाई निलम्बन गरेको छ । सरकारले छानविनका लागि सचिव स्तरिय छानविन आयोग गठन गरि घाइतेको औषधि उपचार खर्च दिने भएको छ ।
सरकारले माग सम्बोधन गरेपछि बन्द स्थगित भएको छ । नेपालगन्जमा बन्दको समापन गर्दै विरोध र्याली निकालिएको थियो । र्याली विपीचोक, त्रिभुवन चोक, न्युरोड, बसपार्क, घरवारी टोल हुादै पुनः विपीचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाली कांगेस बााके सभापतिडा. अरुण कोइराला, सचिव विजय यादव, नेपाल तरुणका केन्दि्रय सदस्य सुदिप नरसिंह राना, जिल्ला सह अध्यक्ष रविन्द्र हमालले सम्बोधन गरेका थिए । कोणसभा जिल्ला अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment