Thursday, December 8, 2011
अन्तराष्ट्रिय स्वमंसेवक वर्षका उपलक्ष्यमा र्याली तथा अन्तरक्रिया सम्पन्न
नेपालगन्ज, मंसिर २२
अन्तराष्ट्रिय स्वमंसेवक बर्षको दशौ बाषिर्क उत्सवको उपलक्ष्यमा विहीबार नेपालगञ्जमा वृहत र्याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । "स्वंयसेवाको प्रर्बद्धन गरौ, सहस्राब्दी बिकास लक्ष्य प्राप्त गरौ र राष्ट्रिय विकासमा सहभागी बनौं" भन्ने नाराका साथ उत्सव मनाईएको हो ।
स्थानीय विपी चौकबाट सुरु भएको र्यालीले नगरका बिभिन्न भागको परिक्रमागरी भेरी प्राविधीक शिक्षालयमा पुगी अन्तरक्रियामा परिणत भएको थियो । युवाका समस्यालाई पहिचानगरी उनीहरुलाई स्वयंसेवी भावना उत्प्रेरणा गर्न कार्यक्रम गरिएको राष्ट्रिय युवा संस्था महासंघका केन्दि्रय सदस्य कमल सुवेदीले जानकारी दिनुभयो ।
जडीबुटी मेला शुरु
नेपालगन्ज मंसिर २२
नेपालगञ्जमा विहिबारदेखि तेस्रो राष्ट्रिय जडिबुटी मेला एव्म गोष्ठि सुरु भएको छ । "नेपाली जडिुबटीलाई विश्वमा चिनाउ, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउ" भन्ने नाराका साथ पर्यटनमन्त्री लोकेन्द्र विष्टले एक समारोहकाविच मेलाको उद्घाटन गर्नु भएको हो ।
नेपालगन्जमा सुरु भएको तेस्रो राष्ट्रिय जडिबुटि उत्पादन, सुगन्धित तेल तथा प्रर्दशनी मेलाको उद्घाटन गदर्ैै पर्यटनमन्त्री विष्टले नेपालमा अमुल्य जडिबुटिहरुको खानी भएपनि त्यसको सदुपयोग हुन नसकेको बताउनु भयो । पर्यटन तथा नागरिक उड्यन मन्त्रि लोकेन्द्र विष्टले जडीबुटीको पहिचान, संरक्षण र विकासका लागि राज्य लाग्नु पर्ने बताउनु भएको छ । उहााले जडिबुटीको उचित बजार नहुनुनै मुख्य समस्या भएकाले व्यवासायीहरुको यसप्रति आकर्षण घटेको मन्त्री विष्टको भनाई छ । जडिबुटीको विकाशका लागि अब बन्ने सविधानमा संवैधानिक व्यवस्था गर्न आवश्यक रहेको उहााको भनाई थियो ।
त्यस्तै उहााले जडिवुटी मानविय जिवन भएकाले यसलाई पर्यटनसाग जोडन आवश्यक रहेको बताउनु भयो । उहााले देशको आर्थिक विकाशका लागी " पााच अन्तरर्गत जंगल, जडिबुटी, जल, जमिन र जनशक्तिको सही सदुपयोग हुनुपर्ने बताउनु भयो ।
टण्डन राईस मिलको परिसरमा सुरु भएको मेलामा झन्डै ६ खर्जन स्टल राखिएको नेपाल जडिबुटी व्यवसायी संघ बााकेका अध्यक्ष मधुकर थापाले बताउनुभयो । विभिन्न प्रकारका अमुल्य जडिबुटीहरु र जडिबुटी औषधीहरुको प्रयोग र उपयोगिताका बारेमा जानकारी दिदै यस्को प्रर्वधन गर्ने मेलाको मुख्य उद्देश्य रहेको आयोजकले दावी गरेको छ । यस्तै मेला उदघाटनशत्रमा अहिले अतिथिहरुले आ-आफनो धारणाहरु राखिरहेका छन ।
नेपाल जडिबुटी व्यसायी संघको आयोजना तथा जिआईजेट, उच्च पहाडी गरिवी निवारण केन्द्र, कृषि उद्यम संघ, वनस्पती कार्यालयल, युएसआईडी लगायतका संघस्थाको सहयोगमा सुरु भएकोे मेलामा नेपाल, भारत लगायतका जडिबुटी राखिएको छ । उता सुदूरपश्चिम महोत्वस आजदेखि धनगढीमा शुरु भएको छ ।
कैलाली उद्योग बाणिज्य संघले आयोजनामा सुरु भएको महोस्तव आगामी पुस २ गतेसम्म सञ्चालन हुने छ । यसैविच महोत्सव उद्घाटनका लागि धनगढी जादै गर्नु भएका राष्ट्रपति डा रामवरण यादव चढ्नु भएको हेलिकोप्टर मौसमको खराबीका कारण सुर्खेत पुगेको छ । मौसमको प्रतिकूलताका कारण हेलिकोप्टर सुर्खेत पर्याएर अवतरण गराईएको हो ।
Wednesday, December 7, 2011
खासकुष्मामा सुनुवाई
नेपालगन्ज, २१ मंसिर
खासकुष्मा गाविसको आयोजना तथा बासको सहजिकरणमा गा.बि.स.को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सुनुवाई ५ बुदे प्रतिबद्धताहरु पारित गर्दै सम्पन्न भएको हो । सर्ब सम्मतीबाट पारित गरिएका प्रतिबद्धताहरुमा गाविस सचिव मणिराम रिमालले प्रश्तुत गर्नु भएको आर्थिक तथा प्रगती प्रतिवेदन पारित गरियो, गाविसका वडामा गठनहुने उपभोक्ता समितिले गठन गर्दा स्थानीय व्यक्तिको प्रत्यक्ष सहभागीता गाविसके रहोवरमा हुनुपर्ने, आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक ठााउमा सबैले देख्ने गरि टास्ने, गाविसका प्रत्येक कार्यक्रममा समावेसि सहभागीताका लागि अपाङ्गहरुको पनि सहभागीता सुनिश्चित गर्ने र नेपालगन्जबाट निकै टाढा रहेको सो गाविसको लागि आवश्यक पर्ने एम्बुलेन्स खरीद गर्न सबै सरोकारवालाहरुले जोड दिनु पर्ने लगायतका प्रतिबद्धताहरु व्यक्त गरिएका थिए ।
कार्यक्रममा गाविस सचिब, गाविस संयन्त्रका अन्य सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवि, बुद्धिजिवि सर्वसाधारणको सहभागीता रहेको थियो । बासका उप निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको उद्धेस्यमाथि प्रकास बासका कार्यक्रम संयोजक गगन थापाले गरेका थिए । कार्यक्रममा ६० बढिको सहभागीता रहेको थियो ।
मधेशी युवालाई सेनामा सहभागिता गराउने, मन्त्री गच्छेदार
नेपालगन्ज मंसिर २१
गृहमन्त्री तथा रक्षामन्त्री विजय कुमार गच्छेदारले मधेशी युवालाई छिट्टै समूहगत रुपमा नेपाली सेनामा लगिने बताउनु भएको छ । मधेशी युवा फोरम लोकतान्त्रिकको केन्दि्रय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज नेपालगन्ज आउनु भएका गृहमन्त्री गच्छेदारले चार बुादे सहमति अनुरुप मधेशी युवालाई सेनामा लैजाने प्रक्रिया शुरु भईसकेको जानकारी दिनुभयो ।
उहााले कम्तीमा पन्द्र दिनभित्रै सो प्रक्रियामा सफलता हासिल गर्ने दावी गर्दै चार बुादे सहमतिको भावना र मर्म अनुरुप मधेशका मुद्दालाई सम्बोधन नगरे मधेशी मोर्चा सत्ताबाट बाहिरिने बताउनुभयो ।
अहिलेको गठबन्धन सरकार शान्ति र संविधान निर्माणका प्रक्रियामा निकै अघि बढेको र त्यसका सकारात्मक संकेत देखिएको भन्दै मन्त्री गच्छेदारले माओवादीको नेतृत्वमा अघि बढेमा मात्र शान्ति र संविधान निर्माणमा सफलता प्राप्त हुने ठोकुवासमेत गर्नुभयो । २ दिने फोरमको युवा सम्मेलनमा ९ जिल्लाका मधेशी युवाहरुको सहभागिता रहेको छ ।
आक्रमणको विरोधमा नेपालगन्ज बन्द
नेपालगन्ज, २१ मंसिर
तरुण दलका चितवन अध्यक्ष शिव पौडेलसहित पााच जनामाथि भरतपुर कारागारभित्रै भएको आक्रमणको विरोधमा नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल तरुण दल बााकेले बुधबार आयोजना गरेको बााके बन्दले यातायात, बजार, शिक्षण संस्था पं्रभावित भएको छ ।
बन्दका क्रममा आईपुगेका गृहमन्त्री विजयकुमार गच्छेदारलाई विमान स्थलबाट लिएर र्फकदै गरेका फोरम लोकतान्त्रिकका कार्यकर्ता र प्रदर्शनकारीबीच विपी चौकमा सामान्य झडप भएको थियो । उक्त क्रममा तरुण दल र नेविसंघका कार्यकर्ताले फोरमका कार्यकर्तालाई लखेटेका थिए ।
सुर्खेतरोडमा विरोधमा उत्रेका युवाहरुका कारण झडप हुन सक्ने सम्भावना देखेपछि प्रहरीले मन्त्री गच्छेदारलाई प्रदर्शनकारीलाई छक्काएर बजारको भित्री बाटो कार्यक्रम स्थल जिल्ला विकास समितिमा पुर्याएका थिए ।
बन्दका क्रममा कुनै पनि अपि्रय घटना नभएको जिल्ला प्रहरी कार्यालय बााकेले जनाएको छ । बााके लगायत मध्य र सुदुरपश्चिमका प्रमुख शहरहरु प्रभावित भए । आक्रमणको विरोध गर्दै विहानैदेखि सडकमा उत्रेका प्रदर्शनकारीहरुले दोषि माथी कडा कार्वाहीको माग राखेका थिए । दबाब बढेपछि गृहमन्त्रालय चितवनका एक जना प्रहरी उपरिक्षक खिनु प्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी नन्द किशोर त्रिपाठी, जेलर चुडामणी गौतम र कारागारमा रहेका केही प्रहरीहरुलाई निलम्बन गरेको छ । सरकारले छानविनका लागि सचिव स्तरिय छानविन आयोग गठन गरि घाइतेको औषधि उपचार खर्च दिने भएको छ ।
सरकारले माग सम्बोधन गरेपछि बन्द स्थगित भएको छ । नेपालगन्जमा बन्दको समापन गर्दै विरोध र्याली निकालिएको थियो । र्याली विपीचोक, त्रिभुवन चोक, न्युरोड, बसपार्क, घरवारी टोल हुादै पुनः विपीचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाली कांगेस बााके सभापतिडा. अरुण कोइराला, सचिव विजय यादव, नेपाल तरुणका केन्दि्रय सदस्य सुदिप नरसिंह राना, जिल्ला सह अध्यक्ष रविन्द्र हमालले सम्बोधन गरेका थिए । कोणसभा जिल्ला अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Subscribe to:
Comments (Atom)