Thursday, December 8, 2011

अन्तराष्ट्रिय स्वमंसेवक वर्षका उपलक्ष्यमा र्याली तथा अन्तरक्रिया सम्पन्न

नेपालगन्ज, मंसिर २२ अन्तराष्ट्रिय स्वमंसेवक बर्षको दशौ बाषिर्क उत्सवको उपलक्ष्यमा विहीबार नेपालगञ्जमा वृहत र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । "स्वंयसेवाको प्रर्बद्धन गरौ, सहस्राब्दी बिकास लक्ष्य प्राप्त गरौ र राष्ट्रिय विकासमा सहभागी बनौं" भन्ने नाराका साथ उत्सव मनाईएको हो । स्थानीय विपी चौकबाट सुरु भएको र्‍यालीले नगरका बिभिन्न भागको परिक्रमागरी भेरी प्राविधीक शिक्षालयमा पुगी अन्तरक्रियामा परिणत भएको थियो । युवाका समस्यालाई पहिचानगरी उनीहरुलाई स्वयंसेवी भावना उत्प्रेरणा गर्न कार्यक्रम गरिएको राष्ट्रिय युवा संस्था महासंघका केन्दि्रय सदस्य कमल सुवेदीले जानकारी दिनुभयो ।

जडीबुटी मेला शुरु

नेपालगन्ज मंसिर २२ नेपालगञ्जमा विहिबारदेखि तेस्रो राष्ट्रिय जडिबुटी मेला एव्म गोष्ठि सुरु भएको छ । "नेपाली जडिुबटीलाई विश्वमा चिनाउ, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउ" भन्ने नाराका साथ पर्यटनमन्त्री लोकेन्द्र विष्टले एक समारोहकाविच मेलाको उद्घाटन गर्नु भएको हो । नेपालगन्जमा सुरु भएको तेस्रो राष्ट्रिय जडिबुटि उत्पादन, सुगन्धित तेल तथा प्रर्दशनी मेलाको उद्घाटन गदर्ैै पर्यटनमन्त्री विष्टले नेपालमा अमुल्य जडिबुटिहरुको खानी भएपनि त्यसको सदुपयोग हुन नसकेको बताउनु भयो । पर्यटन तथा नागरिक उड्यन मन्त्रि लोकेन्द्र विष्टले जडीबुटीको पहिचान, संरक्षण र विकासका लागि राज्य लाग्नु पर्ने बताउनु भएको छ । उहााले जडिबुटीको उचित बजार नहुनुनै मुख्य समस्या भएकाले व्यवासायीहरुको यसप्रति आकर्षण घटेको मन्त्री विष्टको भनाई छ । जडिबुटीको विकाशका लागि अब बन्ने सविधानमा संवैधानिक व्यवस्था गर्न आवश्यक रहेको उहााको भनाई थियो । त्यस्तै उहााले जडिवुटी मानविय जिवन भएकाले यसलाई पर्यटनसाग जोडन आवश्यक रहेको बताउनु भयो । उहााले देशको आर्थिक विकाशका लागी " पााच अन्तरर्गत जंगल, जडिबुटी, जल, जमिन र जनशक्तिको सही सदुपयोग हुनुपर्ने बताउनु भयो । टण्डन राईस मिलको परिसरमा सुरु भएको मेलामा झन्डै ६ खर्जन स्टल राखिएको नेपाल जडिबुटी व्यवसायी संघ बााकेका अध्यक्ष मधुकर थापाले बताउनुभयो । विभिन्न प्रकारका अमुल्य जडिबुटीहरु र जडिबुटी औषधीहरुको प्रयोग र उपयोगिताका बारेमा जानकारी दिदै यस्को प्रर्वधन गर्ने मेलाको मुख्य उद्देश्य रहेको आयोजकले दावी गरेको छ । यस्तै मेला उदघाटनशत्रमा अहिले अतिथिहरुले आ-आफनो धारणाहरु राखिरहेका छन । नेपाल जडिबुटी व्यसायी संघको आयोजना तथा जिआईजेट, उच्च पहाडी गरिवी निवारण केन्द्र, कृषि उद्यम संघ, वनस्पती कार्यालयल, युएसआईडी लगायतका संघस्थाको सहयोगमा सुरु भएकोे मेलामा नेपाल, भारत लगायतका जडिबुटी राखिएको छ । उता सुदूरपश्चिम महोत्वस आजदेखि धनगढीमा शुरु भएको छ । कैलाली उद्योग बाणिज्य संघले आयोजनामा सुरु भएको महोस्तव आगामी पुस २ गतेसम्म सञ्चालन हुने छ । यसैविच महोत्सव उद्घाटनका लागि धनगढी जादै गर्नु भएका राष्ट्रपति डा रामवरण यादव चढ्नु भएको हेलिकोप्टर मौसमको खराबीका कारण सुर्खेत पुगेको छ । मौसमको प्रतिकूलताका कारण हेलिकोप्टर सुर्खेत पर्याएर अवतरण गराईएको हो ।

Wednesday, December 7, 2011

खासकुष्मामा सुनुवाई

नेपालगन्ज, २१ मंसिर खासकुष्मा गाविसको आयोजना तथा बासको सहजिकरणमा गा.बि.स.को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सुनुवाई ५ बुदे प्रतिबद्धताहरु पारित गर्दै सम्पन्न भएको हो । सर्ब सम्मतीबाट पारित गरिएका प्रतिबद्धताहरुमा गाविस सचिव मणिराम रिमालले प्रश्तुत गर्नु भएको आर्थिक तथा प्रगती प्रतिवेदन पारित गरियो, गाविसका वडामा गठनहुने उपभोक्ता समितिले गठन गर्दा स्थानीय व्यक्तिको प्रत्यक्ष सहभागीता गाविसके रहोवरमा हुनुपर्ने, आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक ठााउमा सबैले देख्ने गरि टास्ने, गाविसका प्रत्येक कार्यक्रममा समावेसि सहभागीताका लागि अपाङ्गहरुको पनि सहभागीता सुनिश्चित गर्ने र नेपालगन्जबाट निकै टाढा रहेको सो गाविसको लागि आवश्यक पर्ने एम्बुलेन्स खरीद गर्न सबै सरोकारवालाहरुले जोड दिनु पर्ने लगायतका प्रतिबद्धताहरु व्यक्त गरिएका थिए । कार्यक्रममा गाविस सचिब, गाविस संयन्त्रका अन्य सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवि, बुद्धिजिवि सर्वसाधारणको सहभागीता रहेको थियो । बासका उप निर्देशक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको उद्धेस्यमाथि प्रकास बासका कार्यक्रम संयोजक गगन थापाले गरेका थिए । कार्यक्रममा ६० बढिको सहभागीता रहेको थियो ।

मधेशी युवालाई सेनामा सहभागिता गराउने, मन्त्री गच्छेदार

नेपालगन्ज मंसिर २१ गृहमन्त्री तथा रक्षामन्त्री विजय कुमार गच्छेदारले मधेशी युवालाई छिट्टै समूहगत रुपमा नेपाली सेनामा लगिने बताउनु भएको छ । मधेशी युवा फोरम लोकतान्त्रिकको केन्दि्रय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज नेपालगन्ज आउनु भएका गृहमन्त्री गच्छेदारले चार बुादे सहमति अनुरुप मधेशी युवालाई सेनामा लैजाने प्रक्रिया शुरु भईसकेको जानकारी दिनुभयो । उहााले कम्तीमा पन्द्र दिनभित्रै सो प्रक्रियामा सफलता हासिल गर्ने दावी गर्दै चार बुादे सहमतिको भावना र मर्म अनुरुप मधेशका मुद्दालाई सम्बोधन नगरे मधेशी मोर्चा सत्ताबाट बाहिरिने बताउनुभयो । अहिलेको गठबन्धन सरकार शान्ति र संविधान निर्माणका प्रक्रियामा निकै अघि बढेको र त्यसका सकारात्मक संकेत देखिएको भन्दै मन्त्री गच्छेदारले माओवादीको नेतृत्वमा अघि बढेमा मात्र शान्ति र संविधान निर्माणमा सफलता प्राप्त हुने ठोकुवासमेत गर्नुभयो । २ दिने फोरमको युवा सम्मेलनमा ९ जिल्लाका मधेशी युवाहरुको सहभागिता रहेको छ ।

आक्रमणको विरोधमा नेपालगन्ज बन्द

नेपालगन्ज, २१ मंसिर तरुण दलका चितवन अध्यक्ष शिव पौडेलसहित पााच जनामाथि भरतपुर कारागारभित्रै भएको आक्रमणको विरोधमा नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल तरुण दल बााकेले बुधबार आयोजना गरेको बााके बन्दले यातायात, बजार, शिक्षण संस्था पं्रभावित भएको छ । बन्दका क्रममा आईपुगेका गृहमन्त्री विजयकुमार गच्छेदारलाई विमान स्थलबाट लिएर र्फकदै गरेका फोरम लोकतान्त्रिकका कार्यकर्ता र प्रदर्शनकारीबीच विपी चौकमा सामान्य झडप भएको थियो । उक्त क्रममा तरुण दल र नेविसंघका कार्यकर्ताले फोरमका कार्यकर्तालाई लखेटेका थिए । सुर्खेतरोडमा विरोधमा उत्रेका युवाहरुका कारण झडप हुन सक्ने सम्भावना देखेपछि प्रहरीले मन्त्री गच्छेदारलाई प्रदर्शनकारीलाई छक्काएर बजारको भित्री बाटो कार्यक्रम स्थल जिल्ला विकास समितिमा पुर्‍याएका थिए । बन्दका क्रममा कुनै पनि अपि्रय घटना नभएको जिल्ला प्रहरी कार्यालय बााकेले जनाएको छ । बााके लगायत मध्य र सुदुरपश्चिमका प्रमुख शहरहरु प्रभावित भए । आक्रमणको विरोध गर्दै विहानैदेखि सडकमा उत्रेका प्रदर्शनकारीहरुले दोषि माथी कडा कार्वाहीको माग राखेका थिए । दबाब बढेपछि गृहमन्त्रालय चितवनका एक जना प्रहरी उपरिक्षक खिनु प्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी नन्द किशोर त्रिपाठी, जेलर चुडामणी गौतम र कारागारमा रहेका केही प्रहरीहरुलाई निलम्बन गरेको छ । सरकारले छानविनका लागि सचिव स्तरिय छानविन आयोग गठन गरि घाइतेको औषधि उपचार खर्च दिने भएको छ । सरकारले माग सम्बोधन गरेपछि बन्द स्थगित भएको छ । नेपालगन्जमा बन्दको समापन गर्दै विरोध र्‍याली निकालिएको थियो । र्‍याली विपीचोक, त्रिभुवन चोक, न्युरोड, बसपार्क, घरवारी टोल हुादै पुनः विपीचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाली कांगेस बााके सभापतिडा. अरुण कोइराला, सचिव विजय यादव, नेपाल तरुणका केन्दि्रय सदस्य सुदिप नरसिंह राना, जिल्ला सह अध्यक्ष रविन्द्र हमालले सम्बोधन गरेका थिए । कोणसभा जिल्ला अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tuesday, October 18, 2011

कानुन विपरित काम गर्ने कसैलाई पनि उनमुक्ति नमिल्ने, रावल

नेपालगन्ज, कार्तिक १ एमाले नेता भिम रावलले हत्या अभियोग लागेका प्रभु शाहलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउनु भएको छ । प्रेस चौतारी बााकेले मंगलबार बिहान नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पुर्ब गृहमन्त्री समेत रहनु भएका एमाले नेता रावलले मन्त्री हुन् या नेता हुन, कानुन बिपरित काम गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने तर्क गर्नु भयो । सरकारले दुबै मन्त्रीलाई कानुनी दायरामा ल्याएर दण्डहिनताको अन्त्य गर्नु पर्ने उहााको सुझाब थियो । नेता रावलले जिम्मेवार पदमा बसेर रक्षामन्त्री शरदसिंह भण्डारीले देश टुक्र्याउने अभिब्यक्ती दिनु नेपाली जनताको अधिकार माथी खेलवाड गरेको बताउनु भयो । हिमाल, पहाड र मधेशमा बस्ने सबै नेपाली नै भएको बताउदै कसैले भन्दैमा देश टुक्रीन नसक्ने स्पष्ट पार्नुभयो । मुलुकमा जारी राजनितीक उतार चढापले गर्दा तोकिएको समयमा पनि संबिधानको पहिलो मस्यौदा जारी नहुने ठोकुवा उहााले गर्नु भयो । अर्को एक फरक प्रसंगमा नेता रावलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो भारत भ्रमणको सिलशिलामा कुनैपनि सन्धी सम्झौतामा हस्ताक्षर गर्न नहुने धारणा राख्नु भयो ।

Monday, September 5, 2011

बेपत्ता आयोग गठन हुनुपर्ने माग

नेपालगन्ज १८ भदौ । बेपत्ताहरुको यर्थात बिवरणका लागि बेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनुपर्ने माग गरिएको छ । रेडियो कृष्णसार एफ एमले आईतबार बााकेको कोहलपुरमा आयोजना गरेको रेडियो कार्यक्रम पश्चिम सरोकारको रेर्कडिङका क्रममा सहभागिहरुले बेपत्ता सम्बन्धी बनेको कानुन संसदमा छलफल गरि पास गर्नुपर्नेमा जोड दिइएका थिए । कार्यक्रममा सहभागि पिडितहरुले बेपत्ता पारिएका आफना परिवारको सरकारले एर्थात बिवरण उपलब्ध गराई क्षतिपुर्ति दिन माग गरेका थिए । मन्त्री परिषदको बैठकले 'ब्यक्ति बेपत्ता पार्ने सम्बन्धमा ब्यवस्था बनेको बिधयेक' पास गरे पनि बिधयेन समितिको बैठक बस्न नसकेर यसको प्रक्रिया अगाडी बढन सकेको छैन । बिधयेन समितिले निर्णय गरि छलफलका लागि संसदमा पेस भएपछि पास भएर मात्र आयोगको गठन हुने ब्यवस्था छ । कार्यक्रममा एकीकृत नेकपा माओबादीका सभासद अशोक रोकायले बेपत्ताहरुको समस्या समाधानका लागि निरन्तर प्रयास गरेपनि अवश्यक कानुनी प्रक्रिया नबनेसम्म केही हुन नसक्ने बताउदै आफुले पनि बेला बेलामा दबाब दिईरहेको बताउनु भयो । उहााले भन्नु भयो-'मेरो पनि १ छोराको ज्यान गएको १ छोरा बेपत्ता भएको, त्यसैले म पनि पिडित छु मलाई पनि त्यत्तिकै दुख छ म त्यसै कहा बस्छु र ?' स्थानीय शान्ति समिति बााकेका सयोंजक मोबिना खातुनले निर्णय गर्ने मुख्य ३ दलका मुर्तिले केही गर्न नसक्ने बताउदै पिडितका समस्याप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । न्यायका लागि द्धन्द्ध पिडित समाज बााकेका अध्यक्ष चन्द्रकला उप्रेतीले भन्नुभयो-'बर्षोदेखि आफना परिवार गुमाएका पिडित परिवारहरु न अहिले लास पाएका छन न त सास नै सरकारले पिडितको अवाज कहिले सुन्न त ?' उहााले कतिपय पिडितहरुले राहत समेत नपाएको स्थितीमा सरकारले त्यस बिषयमा कुनै चासो नदेखाएको आरोप लगाउनुभयो । एडभोकेसी फोरमका क्षेत्रीय सयोजक बसन्त गौतमले निणर्ायक तहमा रहेका प्रमुख राजनितिक दलको गैर जिम्मेवारीपनाले बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन नसकेको टिप्पणी गर्नुभयो । मध्यपश्चिममा मात्र करिव ५ सय बढी मानिस वेपत्ता पारिएका छन भने करिव १ स्ाय जनाका आफन्तले त वेपत्ता आफन्तको मृत्यु दर्ता समेत गरिसकेका छन ।

Friday, June 10, 2011

अर्को सहकारीको स्थापना

नेपालगन्ज जेष्ठ २७
मुलुकमा बढ्दै गइरहेको बैंकिङ्ग कारोबारमा निजी बैंकहरुले प्रतिस्पर्धा गरिरहेका बेला आज बााकेको नेपालगञ्जमा सहकारी बैंकको स्थापना गरिएको छ । आकर्षक व्याज र विभिन्न बचतका योजना लिएर प्रतिस्पर्धामा उत्रेको बााके बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो ।
उद्योग बाणिज्य संघ नेपालगञ्जका अध्यक्ष सुनिलकुमार शर्मा र समाजसेवी सेम शाक्यले संयुक्त रुपमा एक कार्यक्रमका विच संस्थाको उदघाटन गरे । सो संस्था ममता बचत खाता, शैक्षिक खाता, नारी खाता, श्रमिक खाता, जेष्ठ नागरिक खाता र बााके विशेष बचत खातालगायत आकर्षक योजनाका साथ मैदानमा उत्रेको हो ।
उदघाटनका क्रममा संस्थाका अध्यक्ष पवन बोहोराले निम्न वर्गदेखि लिएर उच्च वर्गसम्मले गरेको बचतमा उचित प्रतिफल दिने खालको वातावरण बनाउनेतर्फ संस्था प्रतिबद्ध रहने बताए । स-सानो बचत रकम संकलन गरी उत्पादनशिल क्षेत्रहरुको पहिचान गरेर उचित लगानी गर्ने भन्दै उनले संस्थामा गरिने अमुल्य बचत सुरक्षित रहने र निरन्तर लाभदायक हुनेमा दृढता व्यक्त गरे ।
समाजमा व्याप्त आर्थिक समस्यालाई सामुहिक पहलमा निराकरण गर्न सकिने मान्यताका आधारमा बचत संस्थाको स्थापना गरिएको बताउादै अध्यक्ष बोहोराले लगानीकर्ता एवं सरोकारवाला समक्ष संस्थाले उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास समे व्यक्त गरेे । संस्थाले बेला बेलामा सीपमुलक तालिमको आयोजना गरी रोजगारीको मार्ग प्रशस्त गर्ने भन्दै उनले समाजमा बचत गर्ने बानीको विकास गर्ने कार्यहरु संस्थाको प्राथमिकतामा रहेको जानकारी गराए ।
उक्त संस्थाले बााके जिल्ला सहकारी संघमा संस्था दर्ता गर्नु भन्दा अगाडी नै ५ सय बढी सहकारी संस्थाहरु दर्ता भईसकेका छन् । यति धेरैको संख्यामा सहकारी संस्थाहरु दर्ता भएपनि यस क्षेत्रमा क्रियाशिल भएर काम गर्ने सहकारी संस्थाहरु १०/१२ वटा मात्र रहेका छन् । यद्यपी अन्य सहकारी संस्थाहरु दर्ता भएपछि किन क्रियाशिल भएनन् भन्ने सम्बन्धमा संघले कुनै पनि प्रकारको खोजी कार्य भने गरेको पाईदैन ।

Sunday, May 15, 2011

स्कुल स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

उमा मगर
नेपालगन्ज ३१ बैशाख
बांके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा संचालन भएको स्कुल स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सिनियर र जुनियर गल्र्सतर्फ एसेम्बली अफ गड चर्चले कब्जा जमाएको छ ।
शनिबार भएको फाईनल प्रतियोगितामा जुनियरतर्फ एसेम्बलीका सुनिता रानाले सेरोन रानालाई २१-१९, २१-६ ले पाखा लगाउदै उपाधि जित्यो भने सिनियरतर्फ एसेम्बलीका सेरोन रानाले सुनिता रानालाई २१-१९, १९ -२१, २१-१० ले पराजित गरि उपाधि आफ्नो पोल्टामा पार्यो ।
त्यसैगरी सिनियर बोइर्सतर्फ फाईनल खेलमा ब्राइटल्याण्ड स्कुलका शिव थापाले आईडल स्कुलका सहोराज अहमद अन्सारीलाई २१-८, २१-१२ ले पराजित गर्दै उपाधि हात पार्यो भने जुनियर बोइसतर्फ वेष्टजोनका राकेश थापाले ब्राइटल्याण्डका शिव थापालाई २१-१७, २१-१८ ले पराजित गर्दै जित हासिल गर्यो ।
नेपालगन्ज रंगशालामा सम्पन्न भएको 'भेट्रान्स डबल्स' इभेन्टमाको फाईनलमा सिद्धान्त जंग राणा र राम प्रसाद भुषालको जोडीलाई विक्रम सिंह खडका र रमेश कुमार श्रेष्ठको जोडीले १६-१७, ३-१५ ले पराजित गर्दै उपाधि हात पार्यो । उक्त खेल पुराना खेलप्रेमिहरुको लागि भनेर आयोजना गरिएको हुादा १५ स्कोरमा खेलाइएको थियो ।
त्यसैगरी उत्कृष्ट खेलाडीको रुपमा बोइसतर्फ वेष्टजोनका सांरस शाह, र गल्र्सतर्फ एञ्जल्सका सुबान्जली राणा घोषित भईन । उदाउदो खेलाडीमा बोइसतर्फ वेष्टजोनका स्वरुप रेग्मी र गल्र्सतर्फ महेन्द्र नमुना स्कुलका तिला न्यौपाने घोषित भए ।
विजय तथा उपविजय खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बााके जिल्लाका स्थानीय विकास अधिकार शम्भु प्रसाद लुईटेल, बांके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनोज बस्नेत, प्रतियोगिताका संयोजक अनिल लाखे, प्रशिक्षक जयन्त श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरिक्षक गोपी कृष्ण ठाकुर, क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण प्रमुख जयन्त शर्मा, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष जयनारायण शाहलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता ३ दिनसम्म संचालन भएको थियो ।

Wednesday, May 11, 2011

स्कुल स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

उमा मगर
बाके, नेपालगन्ज २८ बैशाख
बााके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा विहीबारदेखि स्कुल स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन खेलको उर्वरा भूमिको नामबाट चिनिने जिल्लामा ३ वर्षको अन्तरालपछि निश्कृय रहेको संघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
दुईवटा उमेरसमूहमा संचालन गरिने प्रतियोगितामा बााके जिल्लाका २० वटा विद्यालयका २ सय बढीको विद्यार्थीहरुको सहभागिता रहने संघका अध्यक्ष अनोज बस्नेतले बताए । प्रतियोगितामा शहरभित्र रहेका विद्यालयको मात्र सहभागिता रहेको छ ।
बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले स्थानीय पुराना ब्याडमिन्टन खेल प्रेमिहरुका लागि भनेर 'भेट्रान्स डबल्स' इभेन्ट पनि समावेश गरिएको बताए ।
३ दिनसम्म संचालन हुने प्रतियोगितामा मुख्य रेप|mीको रुपमा नेपालका अन्तराष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल हुनेछन् । प्रतियोगिता संचालनका लागि करिब ९० हजारको खर्च हुने अनुमान गरिएको संघका सचिव अनिल लाखेले जानकारी गराए ।

Monday, May 9, 2011

क्रान्तिकारी भूमिसुधार लागु गरिने-मन्त्री चौधरी

उमा मगर
नेपालगन्ज २७ बैशाख
भूमिसुधार तथा व्यवस्था मन्त्री रामचरण चौधरीले क्रान्तिकारी भूमिसुधार लागु नगरेसम्म भूमिसम्बन्धी समस्याहरु समाधान गर्न नसकिने बताएका छन् । उनले भने-सबै सुकुम्वासी तथा भूमिहीनहरुलाई भूमिपति बनाउन सरकारले छिट्टै बैज्ञानिक तथा क्रान्तिकारी भूमिसुधार लागु गरिनेछ ।
क्रान्तिकारी पत्रकार संघ बांकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भूमिसुधार तथा व्यवस्थामन्त्री चौधरीले भूमिसुधार सम्बन्धी समस्या मुलुकको लागि निकै जटिल र लामो समयदेखिको समस्या भएकोले सरकारले विभिन्न कार्यक्रम ल्याएर सबैलाई भूमिपति बनाउने सोच बनाएको बताए ।
सुकुम्वासीको नाममा हुने खानेले मात्र जग्गा पाउने र सुकुम्वासी सधैं सुकुम्वासी नै रहने गरेको जनाउदै उनले सबै सुकुम्वासीको पहिचान गरि उनिहरुलाई जग्गा वितरण गरेर यो समस्यालाई सधैंका लागि स्थायी रुपमा समाधान गरिने योजना बनाईने जिकिर गरे ।
हलिया, मुक्त कमैया र किसानका समस्या सबै जग्गासंग गांसिएकोले उनिहरुका समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखिएको मन्त्री चौधरीको भनाई थियो ।
सुकुम्वासीलाई जग्गा दिने नाममा ठूलो रकम असुल गरिएको बारे सोधिएको एक प्रश्नको जवाफमा उनले आफुले पनि सुकुमवासीको सो गुनासो सुनेको जनाउदै सो प्रकरणको छानविन गराई ठगहरुलाई कडा कारावाही गरिने बताए ।
उनले त्यस्ता कुराहरुमा सुकुम्वासी समाधान आयोग सम्वद्धहरु नै संलग्न रहेको सुनिएकाले उनिहरुमाथि कारवाही हुने जनाए ।
भूमिसुधार मन्त्रालयमा हुने गरेका विकृति र विसंगतिका कारण मन्त्रालय धेरै बदनाम भैसकेको प्रष्ट पार्दै उनले यस पटक मन्त्रालय भित्रका विकृति र विसंगतिलाई पनि सुधार गर्ने योजना रहेको बताए ।
भूमिसुधार मन्त्रालय संग सम्बन्धित जिल्ला स्थित विभिन्न कार्यालयहरुमा दरबन्दीको आधा पनि जनशक्ति नभएकाले जनताको काममा समस्या उत्पन्न भएको पाईएको जनाउदै मन्त्री चौधरीले सरकारले सबै कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी खटाउने बताए ।
सबैलाई समेट्ने गरि सरकार निर्माण गरेर अगाडी बढ्न खोजिएकाले नै मन्त्रीमण्डललाई पूर्णता दिन ढिलाई भएको उल्लेख गर्दै उनले यसै सरकारले जेठ १४ गते संविधानको एकिकृत मस्यौदा र ६ महिना भित्र शान्ति प्रक्रिया टुङ्गयाएर संविधान जारी गर्ने बताए ।
पत्रकार भेटघाट कार्यक्रम क्रान्तिकारी पत्रकार संघ बांकेका उपाध्यक्ष सिराज खानको सभापतित्वमा भएको थियो ।