Tuesday, June 18, 2013

यात्रा स्मरण............. DARJEELING

बिहानको ४ बजेको हुादो हो । मोबाईलको घन्टी कता कता बजेको जस्तो लाग्यो । मस्त निन्द्रामा हराएको बेला मोबाईलको घन्टीले खलबली नै मच्चायो । चााहदा नचाहदैपनि मोबाईल हातमा लिएर हेलो के भन्न सकेको थिए उताबाट मैले हजुरलाई उठाए है.... चिरपरिचित आवाज मेरो कानमा ठोक्किन पुग्योे । लल उठनुस.... भनेर उताबाट उर्दी नै जारी भएपछि आंखा मिच्दै यसो मोबाईलको स्त्रिmनमा हेरेको त ओहो मुकुट जीको नम्बर पो रैछ । मुकुट ढकाल लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको संस्थापक अध्यक्ष म भने त्यसै क्लबको सचिव । जुरुक्क उठे अनि हुन्छ सर,, -सेलुट ठोक्या जस्तै गरि) भन्दै न्यानो ओछ्यान छोड्न बाध्य भए । ओछ्यान छोडेपछि नुहाई धुवाई गरिवरिकन अघिल्लो दिन योजना बनाए अनुसार विहानको ५ बज्नु भन्दा अघि नै म गनतव्य स्थानमा पुगे । म पुग्नु भन्दा अघि नै दाजु किशोर र विनयजी पुगि सक्नु भएको रैछ । केहि समयको पर्खाईपछि श्रीधरजी पनि आउनु भयो । अनि हाम्रो यात्रा शुरु भयो दार्जिलिंग । २०७० बैशाख १७ गते लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभमा आबद्ध हामी पांच जनाको समुह विनयजिको रातो कारमा बसेर सररररर हिडियो दार्जिलिंगको यात्रामा । उद्देश्य थियो चौथो क्याबिनेट बैठकको व्यवस्थापनका लागि पूर्व तयारी । बाटोमा डिस्टि्रक गर्भनर शेम शाक्यसंग दार्जिलिंग हिडेको जानकारी गराएर गर्भनर ज्यूसंग सुझाव सल्लाह लिई विदाबारी भयौ ।
नेपालगन्ज देखि काकरभिट्टासम्म............... राती अबेरसम्म काम गर्ने बानीले गर्दा होला एकै विहान म उठ्न सक्दिन । ढिलो ब्युझिने बानी प्राय जसो सबैलाई थाहा छ । एकै बिहान कतै जानुपर्ने भयो भने मोबाइलमा आलर्म लगाएर वा साथीहरुलाई फोन गर्न भन्ने गर्थे तर पनि चाडै उठ्न सक्दैन थिए । तर दार्जिलिंग जाने कुराले मात्रै पनि मलाई एक प्रकारको कोतुहलता जगाएको थियो । गाडीमा बसेर विहानको चिसो हावा महसुस गर्दै रफतारमा दौडिरहेको बाटोलाई हेर्दे म समझदै थिए कस्तो होला दार्जिलिंग ? त्यहाको मान्छे कस्ता होलान् ? पर्यटकिय स्थल भनिएको छ घुम्नको लागि के के होला ? अझ भन्नु पर्दा त्यहाा ९० प्रतिशत नेपालीहरुको बसोबास छ भन्छन, त्यहााका मान्छेहरु कस्तो भाषा बोल्छन होला ? यस्तै अनगिन्ती प्रश्नहरु म्ानमा खेली रहेको थियो । हाम्रो ग्रुपले कोहलपुर पार गरेपछि मुकुट सरले लौ न चिया त खानु पर्यो भनेर हाम्रो मौनतालाई टुटाउनुभयो । गाडीको स्टेरिंग सम्हाली राख्नु भएका विनयजीले र्फकदै,.. हुन्छ नि कता रोको त गाडी । हामीले चप्परगौडी पार गरिसकेका थियौं । अलि अगाडी ढकेरी आउदै थियो सबैको सहमतीमा हामीले त्यहा गाडी रोक्यौ । तर चिया खानको लागि साइत जुरेन । हामी फेरी गनतव्यतिर लम्क्यौ ।
चिया म अनि मुकुट सर....... चियाको पनि अच्चम्मको कहानी छ यो यात्रा भरी । चियाको सौखिन भयौ हामी दुई जना मुकुट जी र म आफु । यात्रा भरी हामीले जहाा जहाा गाडी पार्क गरयौ हामी दुई जना चियाको तयारीमा लागि हाल्ने । प्रत्येक स्टेशनमा हामीलाई चिया खानै पर्ने । हाम्रो यो शौख देखेर दाजु किशोरलाई भने अलि झर्को लागेछ क्यारे । अनि त गाडी रोक्ने हाम्रो अनुरोधलाई उहाा नसुने झै गर्न थाल्नुभयो । अब गाडीको स्टेरिंडमा उहााको कब्जा भएपछि हामी दुई जना निरिह ।।।। कति कति बेला त चियाको चुस्की लिन न पाउदा मलाई भने झर्को नै लागेर आउथ्यो । अनि दाजु किशोरले मेरो झर्कोलाई अलि बुझे जस्तै गरि भनेको बेला त होइन तर चियाको स्वाद भने चखाउन थाल्नुभयो ।
दार्जिर्लिंग जाने कुराले होला हाम्रो समूहमा सबैको मनमा एक प्रकारको कोतुहलता देखियो । सबैको लागि यो यात्रा पहिलो थियो । हामी एउटै क्लबमा रहेपनि एक अर्कासंग त्यति घुलमिल थिएनौ । आनी बानी कसैलाई कसैको कस्तो छ भन्ने बारेमा थाहा थिएन । यो यात्राले पहिलो उपलब्धीको रुपमा हामीबीचमा गहिरो सम्बन्ध गाास्नमा ठुलो मद्दत गर्यो । एक अर्काको आनी बानीसंग परिचित हुने मौका दियो । बाटो लामो थियो तर दाजु किशोरको चुटकिला अनि त्यो रमाईलोपनाले झर्कोपनाको अनुभुतिमा केही कमी भने अवश्य गरायो । बाटो निरन्तर हामी लम्कदै थियौ विहानको करिब ७ बजे कुसुममा खाजा खाएपछि हामीले प्लानिंग गर्यौ अबको ६ घण्टामा हामीले नारायणघाट पुग्नुछ । अनि खाना पनि त्यहि खानुपर्ने छ । त्यसको लागि स्टेरिंगको जिम्मा लिनु भएका दाजु किशोरले निर्धक्कका साथमा हाम्रो योजनालाई कार्यान्वयन गर्नुभयो । दाजु किशोरले हामी काकरभिटटा नपुग्दासम्म गाडीको स्टेरिंगलाई जुन कुशलताका साथ प्रयोगमा ल्याउनु भयो त्यसको लागि उहाालाई मुरी मुरी धन्यवाद । पश्चिमदेखि पूर्वको कुनासम्मको करिब १८ घण्टाको उदेग लाग्दो त्यो यात्रा दाजु किशोर त रमाइलो नै थियो त्यसमा थपिनु भयो विनय जी, श्रीधर जी अनि मुकुट जि । लामो यात्रामा एक अर्काको भावनाको कदर गर्न सक्नुपर्छ, आफ्नो कुरा मात्र अरु माथी थोपर्नु हुदैन, आफ्नो चाहना भन्दा पनि अरुको चाहनामा आफुलाई रमाउन सक्नुपर्छ, सबै भन्दा महत्वपूर्ण कुरा सहयोगको भावनालाई कदापि छोडन हुदैन भन्ने कुरा मैले यो यात्रामा सिके । हाम्रो यात्राले विराम पायो काकरभिटटा पुगेर । काकरभिटटामा २०१३/२०१४ कालागि इलेक्ट सेकेण्ड भिडिजी लायन डिके ढुंगानाको घरमा बास बस्ने मौका पायौ । वास्तवमा यो यात्रामा हाम्रो लागि यो एउटा अवसरको रुपमा हामीले लियौ । उहााको भाई पुष्प ढुंगाना हाम्रो पर्खाईमा रातीको ११ बजी सक्दापनि ब्युझिएर बसेका रैछन् । त्यो रात दाजु डिके ढुंगानाको घरमा बिताएपछि हामी अर्को दिन-१८ बैशाख) पुन दार्जिलिंगको यात्राका लागि निस्कियौ । विहान ढुंगाना दाजुको आमा बुवाले दहि चिउरा खुवाएर हामीलाई विदा गर्नुभयो । हामीले काकडभिटटादेखि सिलगुडि हुदै दार्जिलिंको लागि एउटा बलेरो -गाडी) रु. ३५ सय भारुमा भाडामा लियौ ।
काकरभिटटा देखि सिलगुडी हुदै दार्जिलिंग............. नेपालको बोर्डर काकरभिटटादेखि हाम्रो अर्को दिनको यात्रा शुरु भयो । हामीले सबै भन्दा पहिले सिलगुडी जाने कार्यक्रम बनायौ । त्याहा लायन्स क्लब भारतको डिस्टिक ३२२ एफका पिडिजी लायन जिएस होरासंग भेट्ने हाम्रो कार्यक्रम तय भयो । भेटघाटको वातावरण मिलाउन डिस्टिक सेक्रेटेरी र हाम्रो क्लबको चार्टर प्रेसिडेन्ट लायन मुकुट ढकाल एकदमै सक्रिय देखिए । हामिले सिलगुडीको यात्रा शुरु गर्यौ । भारतको पश्चिम बंगालमा पर्ने सिलगुडीले हामीलाई एकदमै उत्साहि गरायो । कारण थियो त्याहाको नेपालीमय वातावरण । हामी सिलगुडी पुगेपछि जिएस होरासंग भेट्ने समय अझै बााकी भएपछि हामीले सिलगुडि घुम्ने निर्णय गरयौ । हामीले त्याहा जो कोहीसंग बोल्न परे हिन्दीमा होइन नेपालीमा नै बोले हुने । कतै पनि हामीले नेपाली भन्दा अर्को भाषा प्रयोग गर्नु परेन । ट्याक्सी डाइभरदेखि टेम्पो चलाउने, त्याहाका यात्रु, पसले, चाट बनाउनेसंग पनि नेपाली भाषामा नै कुरा गर्यौ अझ जिएस होरासंग भेटेपछि त झनै आनन्दको महशुस भयो । उहााले हामीसंग मज्जाले नेपाली भाषामा कुराकानी गर्नुभयो । दार्जिलिंगको यात्राको बारेमा विस्तृत जानकारी लिई सकेपछि हामीलाई उहााले धेरै सुझाव सल्लाह दिनुभयो । जिएस होरासंगको भेटपछि हामीले केही राहत महसुस गर्यौ । हाम्रो लागि अब दार्जिलिंगमा कार्यक्रम गर्न सकिदो रहेछ भन्ने आाट बढ्न थाल्यो । लामो समयदेखि सिलगुडी क्षेत्रमा र विशेष गरेर पश्चिम बंगालमा नै लायन्स क्लबमा आबद्ध भई धेरै अनुभव संगाली संक्नु भएका जिएस होरासंगको भेटपछि हामी सबैमा झनै उत्साह थपिएर आयो । एक घण्टाको बसाई पछि हामी जिएस होरासंग छटिटयौ । अब हाम्रो यात्राको प्रमुख गनतव्य थियो दार्जिलिंग ।
दार्जिलिंगको त्यो यात्रा बाटोमा अत्यास लागेर दाजु किशोरले चिया बगानको छेवैमा गाडीलाई विराम दिनुभयो । गाडीलाई विराम दिएपछि दाजु किशोरलाई पनि यसो विराम पाईने भएर भएपछि उहाा चुक्नु भएन । दिउासको १२ बजेको यात्रा गर्मिको त कुरै नगरौ । गर्मिलाई छिचोल्नका लागि हामीले त्यहि बाटोमा आइसक्रिम खाने निधो गर्यौ । मुकुट जीले त्यसको जिम्मा लिनुभयो । भारु ५० रुपैयााको आईसक्रिम हातामा परेपछि हामी सबैले खाना थाल्यो । तर मुकुट जी त्यसलाई भारु २० भन्दा धेरै नदिने भन्नुहुन्छ । आईसक्रिम आधा जति भईसक्यो अब के गर्ने ।।। शुरु भयो त्यहाा बार्गेनिंग, बाटोमा यसरी बार्गेनिंग गरेको पनि सम्भवत मेरो लागि पहिलो हो । दाजु किशोर अनि मुकुट जी आफूले भनेकोमा एक पैसा नथप्ने भन्दै हिड्न थालेपछि त अचम्म भयो, आइसक्रिम बिक्री गर्नेले पनि त्यहि मुल्यमा आफ्नो स्वीकृति दियो । ओहो कस्तो अचम्म बाटोमा बिक्री गर्नेले पनि यसरी मुल्य बढाएर पो सामान विक्री गर्दो रैछ ।
आइसक्रिमको स्वाद लिएपछि हाम्रो यात्राले दार्जिलिंगको यात्रालाई पुन शुरु गर्यो । हामीले अब पहाडको बाटो तय गर्नुपर्ने भयो । पहाडको बाटो त्यसमा यति विघन घुमाउरो बाटो । झ्यालको सिसाबाट बाहिर हेर्दाको मनोरम दुश्य । यहिबाट शुरु हुन्छ दार्जिलिंगको रमणीय दुश्यहरु । दार्जिलिंग पुग्न पुग्न लाग्दा हामीले त्यहााको मौसममा फरक अनुभव गरयौ । सिलगुडिमा त्यति विघ्न गर्मि थियो भने १ घण्टाको बाटो पार नगर्दे हामीले चिसो अनुभुति गरयौ । बाटो संगसंगै रेल चड्ने लिकहरु देख्न पाउदा हामी दंग थियौ । एशिया कै सबै भन्दा अग्लो ठाउामा बनेको घुम रेलवे स्टेसन पार गर्दै घुमाउरो बाटो पहिलाउदै हामी दार्जिलिंग करिब दिनको साढे ३ बजे पुग्यौ । हामिले त्याहा ५० वर्ष भन्दा लामो इतिहास बोकेको भारतको तेश्रोे लायन्स क्लब अफ दार्जिलिंगका साथीहरुसंग ४ बजे भेट गर्ने कार्यक्रम पहिले नै तय भएको थियो । हतार हतार हामी प|mेस भएर बैठकमा पुग्दा आधा घण्टा ढिलो भईसकेको थियो । दिनको साढे ४ बजे हामी दार्जिलिंगको सेन्टर हेरिटेज होटलमा जम्मा भयौ । हामी पााच जना संगै हुनुहुन्थ्यो, लायन्स क्लबका पदाधिकारी साथीहरु । लायन सावर अग्रवाल, लायन राजेन्द्र प्रधान, लायन विमल मैन्त्री, लायन पिटि भुटिया र लायन एसपी शर्मासंगको त्यो हाम्रो दोश्रो भेटघाट एकदमै फलदायी भयो । बैठकमा हामीले कार्यक्रमको स्थान, मिति, समय लगायत व्यवस्थापनको लागि गरिने कामहरु विभाजन र अन्य धेरै छलफल गरौ । लायन्सको क्षेत्रमा लामो अनुभाव संगालेका अग्रज लायन्सहरुसंग भेट्दाको त्यो अनुभुति सायद म शब्दमा भन्न सक्दिन । दार्जिलिंग क्लबको दााजोमा हेर्ने हो भने हामी त उसको नाती पनि रैनछौ । मलाई लाग्छ आज हामीले दार्जिलिंगमा चौथो क्याबिनेट बैठक होस्ट गरि रहेका छौं भने दार्जिलिंग क्लबको त्यो अनुभव र साथको कारण नै सम्भव भएको हो । मैले क्लबमा सचिवको जिम्मेवारी पाएपछि यसरी जिम्मेवारी पूर्वक उहााहरुसंग भेट गर्न पाउादा एकदमै गौरव महसुस गरे ।
दार्जिलिंगको छाटो बसाई ....... लायन्स क्लब अफ दार्जिलिंग संगको बैठक पछि हामी दार्जिलिंगमा होटलको अवस्थ्ाा र विशेष गरेर दार्जिलिंग कस्तो रैछ भनि हेर्नका लागि दाजु राजेन्द्रसंग निस्कियौ । बाटोमा हामीसंग दाजु किशोर अनि विनयजी छुट्नु भयो । अब सम्पर्क गर्ने कुनै साधन थिएन, हामी त अवाक भयौ, के गर्ने अब ? अनि दाजु राजेन्द्रले केहि छैन दार्जिलिंग सानो छ उहााहरु कतै हराउनु हुन्न भनेपछि हामी केही हदसम्म ढुक्क भयौ । राजेन्द दाजु, म, मुकुट जी र श्रीधर जीसंगै होटलको बारेमा बुझ्न लाग्यौ । ओहो सिजनको समय परेछ, शुल्कको बारेमा बुझ्दा त हामी दंग पर्यौ । यसबाट पनि थाहा हुन्छ कि दार्जिलिंग पर्यटनको लागि अति उत्तम ठाउा हो भनेर । हामी घुम्दै थियौ तर लाग्दैन थियो हामी इन्डियामा छौ भनेर । त्याहा भेटिएको नेपालीपना, त्याहाको नेपालीमय वातावरण ओहो कस्तो रमाइलो भएको । लाग्थ्यो हामी त नेपालमा नै छौं । नेपाली भएकोमा हामीले एकदमै गौरव महसुस गरि रहेका थियौ । कत्तिसम्म भयो भने हाम्रो साथी विनयजीलाई जाडो भएपछि उाहाले नेपाली पैसामा एउटा जकेटसम्म लिनुभयो । हामी घुम्दै जाादा दार्जिलिंगको मेन चौराहा जसलाई त्याहा चौरस्ता भन्ने रैछ, त्याहा हामीले नेपालीमा रामायणको अनुवाद गर्ने आदिकवि भानुभक्त आचार्यको शालिक देख्यौ । नेपालमा नदेखिएको उनको शालिक त्याहा देख्न पाउनु हाम्रो लागि अर्को गौरवको कुरा थियो । हामीले चौथो क्याबिनेट बैठकको लागि त्यहााको जिम खानालाई छनौट गर्यौ । त्यसका लागि हामीले जिम खानाका प्रमुख मनोज ब्रामिनसंग भेट गर्यौ । उहााले हामी नेपालबाट कार्यक्रमको लागि आएका हौ भनेपछि उत्साहजनक उपस्थिती देखाउनुभयो । उहाासंगको कुराकानीमा हामी त वास्तवमा नेपाल र नेपालीप्रतिको जिम्मेवारीबाट भाग्दै रैछौ भने अनुभुति भयो । त्यहाा बसोबास गर्ने करिब ९० प्रतिशत नेपालीहरुले गोर्खाल्याण्डको जुन माग राखेको छ त्यो वास्वमामा भारतको लागि ठुलो चुनौति रैछ । गोर्खाल्याण्डको मागलाई पुरा हुन नदिन भारतीय सरकारले धेरै नै प्रयास गरिरहेको थाहा पाईयो ।
डल्लै र दाजु... जे गर्नुछ डल्लै गर्नु पर्छ है..... मुकुट जिले डल्लै भन्ने नयाा शब्द तेर्साइ दिएपछि हामी अलमलमा पर्यौ । होइन मुकुट जी, यो के हो नि डल्लै भनेको ? मैले सोधे...। तर दार्जिलिंग पुगेपछि व्यक्तिपिछे डल्लै शब्द प्रयोग भएको सुन्न पाएपछि बल्ल हामीले डल्लै शब्दको अर्थ लगायौ । डल्लै र दाजु शब्दले पनि हाम्रो यात्रालाई अविसमणिय बनाएको थियो । वास्तवमा डल्लै र दाजु भन्ने शब्द हामीले नेपालगन्जदेखि यात्रा शुरु गर्दा नै प्रयोग गरिरहेका थियौ । यी दुवै शब्द त दार्जिलिंगकका लागि एकदमै प्रख्यात रहेछ । दार्जिलिंगमा एकमुष्ट केही खानु पर्यो, सबैले मिलेर केही गर्नु पर्यो या एकै पटक केही गर्नुपर्यो वा भनौ सिंगो केही भन्नु पर्यो भने डल्लै भन्ने शब्द प्रयोग हुादो रैछ । डल्लैको अर्थ सामुहिक, एउटै वा एकैपटक रहेछ । त्यसैगरी दाजु भन्ने शब्दले पनि ज्यादै व्यापकता पायो हाम्रो यात्रामा । दाजुको शुरुवात गर्नुभयो दाजु किशोरले । म दार्जिलिंगबाट फर्केपछि उहाालाई दाजु नै भन्ने गर्छु । यति मिठो शब्द दार्जिलिंगमा प्रयोग गरिदा आफ्नोपनको अनुभुति हुन्थ्यो । आजपनि म दार्जिलिंगका दाजुहरुसंग कुरा गर्दा दाजु भन्ने शब्द नै प्रयोग गर्छु । जसले गर्दा हामी एक अर्काकालागि आत्मिय भएका छौ । काम गर्न पनि सहज वातावरण भएको छ ।
एक पटक जानै पर्ने दार्जिलिंग............ यो यात्राको स्मरण लेखि रहदा वास्तवमा दार्जिलिंग हामी नेपालीले एक पटक त अवश्य नै घुम्नै पर्ने ठाउा हो । त्याहाका नेपालीहरुले गर्ने नेपालप्रतिको चिन्ता, उनीहरुमा देखिएको नेपालप्रतिको माया, नेपालप्रतिको सम्मान, नेपाली हुनुमा छुटटै अनुभुति त्याहा गएपछि हुन्छ । तपाई दार्जिलिंगको कुनै पनि ठाउामा जानुहोस नेपालीपनाको अनुभुति त्यसै पाउनुहुन्छ । समयसमयमा परिवर्तन हुने त्याहाको मौसम छुट्टै वातावरण यी सबैले गर्दा हामीले एक पटक दार्जिलिंगको लागि समय निकाल्नु नै पर्छ ।

Tuesday, May 14, 2013

पहिचानजनित संघीयताका पक्षमा | विचार/विश्‍लेषण | ekantipur.com

पहिचानजनित संघीयताका पक्षमा | विचार/विश्‍लेषण | ekantipur.com

जनजाति महासंघमा दलीय घुसपैठ | विचार/विश्‍लेषण | ekantipur.com

जनजाति महासंघमा दलीय घुसपैठ | विचार/विश्‍लेषण | ekantipur.com

नेपाल मगर महिला संघको पाँचौ राष्ट्रि«य महाधिवेशनमा विजयी भएको उम्मेदवारहरु

नेपाल मगर महिला संघको पाँचौ राष्ट्रि«य महाधिवेशनमा विजयी भएको उम्मेदवारहरु अध्यक्ष १. गंगा खासु मगर प्राप्त मत ७३ २. पद्मा आले मगर प्राप्त मत ३६ वरिष्ठ उपाध्य ः मनु थापा मगर (निर्वीरोध) १८ मगराँत भाषिक उपाध्यक्ष ः त्रिपना मगर बाह्र मगरात उपाध्यक्ष १. फुल कुमारी पुर्जा मगर प्राप्त मत ४३ २. मन्धरी आले मगर प्राप्त मत ६१ महासचिव १. कमला पुन मगर प्राप्त मत ५५ २. हिरुसरा राना मगर प्राप्त मत ५७ विदेश विभाग सचिव ः विनिता आले मगर संगठन सचिव ः मिना थापा मगर जनसम्पर्क सचिव १. उमा थापा मगर प्राप्त मत ५० २. चुना थापा मगर प्राप्त मत ३० ३. मनु बाठा मगर प्राप्त मत २२ कोषाध्यक्ष १. नानुमाया थापा मगर प्राप्त मत ४७ २. मन कुमारी पुन मगर प्राप्त मत ६१

पदाधिकारी नामवली

नेपाल आदिवासी जनजाति महासङ्घ आठौं राष्ट्रिय महाधिवेशनद्धारा निर्वाचित संघीय परिषद सचिवालयका पदाधिकारी नामवली 1 अध्यक्ष नगेन्द्रकुमार कुमाल ९८४१२४४१८४ 2 उपाध्यक्ष रोश्नी मेचे (महिला), 3 उपाध्यक्ष डन्डु शेर्पा (हिमाल), ९८५१०१४९७९ 4 उपाध्यक्ष सूर्यबहादुुर भुजेल (पहाड), ९८५६०२६८१५ 5 उपाध्यक्ष तपीया दरै (भित्री तराई), ९८४५०८४२६९ 6 उपाध्यक्ष रामअवतार मण्डल (तराई) 7 महासचिव पेम्बा भोट ९८४१६८६३२४ 8 सचिव यशोधा चौधरी (महिला), 9 सचिव गणेशलाल थकाली (हिमाल), 10 सचिव यमबहादुर चेपाङ (पहाड), 11 चिनीमाया माझी (भित्री मधेस), 12 सचिव ध्यानी उँराव (तराई) 13 कोषाध्यक्ष जगतबहादुर बराम

जनजाति महासंघमा शेतामगुरालिको बर्चस्व सकियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

जनजाति महासंघमा शेतामगुरालिको बर्चस्व सकियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

Monday, May 13, 2013

कोइरालालाई खुलापत्र | विचार/विश्‍लेषण | ekantipur.com

कोइरालालाई खुलापत्र | विचार/विश्‍लेषण | ekantipur.com

ट्वाइलेटको सफाइ » आन्तरिक सज्जा :: नारी ::

ट्वाइलेटको सफाइ » आन्तरिक सज्जा :: नारी ::

सुर्खेतमा रोमाञ्चक र्‍याफ्टिङ र प्याराग्लाइडिङ (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

सुर्खेतमा रोमाञ्चक र्‍याफ्टिङ र प्याराग्लाइडिङ (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

रारामा डुंगा सरर (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

रारामा डुंगा सरर (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

जनजाति महासंघको नयाँ नेतृत्वमा सहमति भएन | मुख्य समाचार | ekantipur.com

जनजाति महासंघको नयाँ नेतृत्वमा सहमति भएन | मुख्य समाचार | ekantipur.com