Thursday, August 30, 2012

लायन्सहरुको तिज रमाइलो

नेपालगन्ज भदौ १३ । नेपाली महिलाहरुको महान पर्व हरितालिक तिज आउनु पूर्व नै नेपालगन्जमा तिजको रौनक छाएको छ । रातो साडी र चुडा लगाएर छम छम नाच्दै र दर खाएर हरितालिका तिजको स्वागत गर्न नेपालगन्जका महिला दिदिबहिनीहरु अहिले देखिनै तमतयार भएका देखिन्थे । बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले आयोजना गरेको हरितालिका तिजको शुभकामना आदान प्रदान कार्यक्रमको रौनक यस्तै थियो ।
तिजका चर्चित गित 'मैले राम्रो नाच्ने कि, तिम्ले राम्रो नाच्ने, बाजी ठोकौ आउ झिल्के बाजी ठोकौ आउ...., भन्देउ न कुन चाही राम्रो हामी दुईमा....., हाय मेरो फरिया झन माथी सारयो, झन तल र्झछ हाय मेरो फरिया ...... ' जस्ता बोलका गितमा सहभागी महिला दिदिबहिनीहरु कम्मर मर्काइ मर्काइ नाचेको दृस्यले त्यहाा उपस्थित अन्य सहभागीहरुलाई पनि नचाएका थिए ।
हरेक वर्ष नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गरिने कार्यक्रम खास गरेर नेपाली संस्कृतिलाई जोगाउन र वर्ष भरीको महिला दिदिबहिनीहरुको थकाई मेट्न कार्यक्रमको आयोजना गरिएको भेरीका अध्यक्ष साबित्रा श्रेष्ठले बताइन् ।
कार्यक्रममा रिजन चियर पर्सन लायन सुषमा महर्जन, एम्बेसडर अफ गर्भनर लायन सुरेन्द्र कुमार श्रेष्ठ, रिजन चियर पर्सन लायन रमेश श्रेष्ठ, जोन चियर पर्सन लायन तारा रोकाय, साइड फष्ट कोर्डिनेटर लायन साबित्रा बस्नेत, डिष्टिक चियर पर्सन लायन साबित्रा शर्मा, इनोभेटिभका अध्यक्ष लायन रोहिणी स्वाारलगायतले शुभकामना मनतव्य दिएका थिए ।

Wednesday, August 29, 2012

पत्रकार महासंघद्धारा नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठसहित पाच जनालाई निस्काशन

नेपालगञ्ज, भदौ ११ - नेपाल पत्रकार महासंघले विधानविपरित आचरण गर्ने ५ जना पत्रकारलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आज सोमबार राजधानीमा सम्पन्न बैठकले महासंघको विधानविपरीत आचरण गर्ने बााके शाखाका साधारण सदस्य उदयसिंह श्रेष्ठ, काठमाडौं शाखाका साधारण सदस्य राम एकवाल चौधरी, पर्सा शाखाका साधारण सदस्य सन्तोष पौडेल, चितवन शाखाका साधारण सदस्य विलबहादुर अधिकारी, दैलेख शाखाका साधारण सदस्य विन्दुकला शाहीलाई महासंघको साधारण सदस्यताबाट निष्कासित गरेको हो । पत्रकार महासंघका अध्यक्ष शिव गाउालेको अध्यक्षतामा कार्यालयमा बसेको बैठकले नेपालगञ्जबाट प्रकाशित निष्पक्ष ध्वनी दैनिकका प्रकाशक, सम्पादक श्रेष्ठले पत्रिकाका आडमा व्याल्कमेलिङ्ग गरेकोे महासंघका महासचिव ओम शर्माद्धारा आज- सोमबार) जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ बााके शाखाको गत साउन १५ गते बसेको बैठकले पत्रकार श्रेष्ठले पत्रकार आचारसंहिता र पत्रकार महासंघको विधान विपरित कार्य गरेको भन्दै महासंघको सदस्यता खारेज गर्न केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । साउन ४ गते शाखा अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा बसेको बैठकद्धारा गठित छानविन समितिले पेश गरेको प्रतिबेदनका आधारमा श्रेष्ठलाई केन्द्रीय कार्यसमिति समक्ष कारवाहीको सिफारिश गरेको हो । पत्रकार महासंघका निवर्तमान केन्द्रय सदस्य तथा शाखा पुर्व सभापति पे्रम केसीको संयोजकत्वको ५ सदस्यीय छानवीन समितिले पत्रकार श्रेष्ठले नेपालगञ्जस्थित हेप्पी आवर प्रा. लि.लाई दवावमा पारेर पटक पटक एसएमएसमार्फत रकम माग गरि पत्रकारको आडमा ब्लेकमेलिङ गरेको लगायत बिभिन्न प्रमाणसहितको ४ बुदे सुझाव सहितको प्रतिबेदन शाखामा पेश गरेको थियो । यस्तै काठमाडौं शाखा सदस्य चौधरीले अन्तर्राष्ट्रिय पत्रकार महासंघ -आइएफजे) को कार्ड प्रयोग गरी ठगी गर्दै हिाडेको, पर्साका पौडेलले लागु औषधको कारोबार गरी जेल परेको, चितवनका अधिकारी काठ तस्करीमा अदालतबाट सजाय भोगिरहेको, दैलेखकी शाही कर्तव्य ज्यानमुद्दामा आजीवन सजाय पाएकोले निजहरुलाई सम्वद्ध शाखाहरुको सिफारिसमा महासंघको साधारण सदस्य नरहने गरी निष्कासित गरिएको पत्रकार महासंघको विज्ञप्तीमा उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा केही दिनयता केही सञ्चारगृहमा कार्यरत पत्रकार महिलाहरुले महिला भएकै कारण विभेद र कतिपय अवस्थामा यौनजन्य हिंसाका घटनाहरुको सामना गर्नुपरेको तथा सहकर्मीहरुबाटै प्रताडित हुनुुपरेका भन्ने सार्वजनिक टिप्पणी आएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यस्ता समस्या भएमा महासंघको कानूनी डेस्कमा उजुरी गर्न आÅवान गरिएको छ । यस्तै अनुसन्धानका नाममा प्रहरीले एसएमएस संकलन गरेको र त्यसको दुरुपयोग भएको भनि सार्वजनिक समाचारप्रति पनि महासंघले नागरिकका गोपनियताभित्र पर्ने टेलिफोन, मोवाइल, एसएमएसजस्ता माध्यमलाई संकलन गर्दा नागरिकको गोपनियताको हक उल्लंघन हुने र पत्रकारिता क्षेत्रमा समाचार स्रोतको सुरक्षामा समेत गम्भीर असर पर्ने भन्दै निकायहरुलाई जवाफदेही बनाउन सरकारसमक्ष आग्रह गरेको छ । सर्वोच्च अदालतको आदेश र सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहित तत्काल स्थायी नियुक्ति दिई प्रेस पास उपलब्ध गराउने व्यवस्थाका लागि पनि महासंघले सम्बन्धित सञ्चारगृहसाग माग गरेको छ । साथै आमसञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिका लागि देशव्यापी रुपमा पत्रकारिता तालिम सञ्चालन सुरु गर्ने पनि निर्णय गरेको छ ।

सञ्चार क्षेत्रमा चरित्रको खेती

सञ्चार क्षेत्रमा चरित्रको खेती


हाम्रो पार्टी जनजातिको मात्रै होइन: पृथ्वीमान | Solukhumbu | Solukhumbu News | Solu Samachar | Solu Khabar | Lukla | Salleri | Phaplu | Namche | Sallery | Nepal

हाम्रो पार्टी जनजातिको मात्रै होइन: पृथ्वीमान | Solukhumbu | Solukhumbu News | Solu Samachar | Solu Khabar | Lukla | Salleri | Phaplu | Namche | Sallery | Nepal


Monday, August 20, 2012

नेपालगन्जमा ईद भव्य रुपमा मनाइयो ।

नेपालगन्ज भदौं ४
इस्लामिक धर्मावलम्बीहरुको मुख्य पर्व ईद-उल-फित्र -ईद) सोमबार नेपाल लगायत विश्वभरका मुस्लिम धर्मावलम्बीले एक आपसमा आशिर्वाद तथा शुभकामना आदानप्रदान गरि भव्य रुपमा मनाएका छन् । पवित्र महिना रमजानको १ महिना उपवास बसेर अन्तिम दिनको चन्द्रमा हेरे पछि सोमबार मुस्लिम समुदायले ईद मनाएका हुन् ।
मुस्लिम क्यालेन्डर अनुसार नवौं महिनालाई रमजान भनिन्छ । यस महिनामा बालक, वृद्ध वृद्धा, विरामी, असक्त, प्रसुति महिला, रजस्वला भएका महिला र दुधे बालकका आमा बाहेक सबै महिला तथा पुरुषलाई रोजा -ब्रत) अनिवार्य रहेको छ । यसै अवसरमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगन्जमा पनि सोमबार ईद पर्व भव्य रुपमा मनाइको छ । महिना भरी ब्रत बसेर नयां नयां कपडा लगाएर नेपालगन्ज्ाका मुस्लिम समुदयायका पुरुषहरु बिहानै देखी नेपालगन्जको ईदगाहा अगाडी भेला भएका थिए ।
भेला भएका मुस्लिम समुदायले विहान ९ बजे नेपालगन्जको विपी चोक स्थित इदगाहमा ईदको नमाज पढेर ईद मनाए । दारुल उलुम फैजुन्नबी जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका अध्यक्ष अब्दुल रहमान मियााले मुलुकमा शान्ति र स्थिरताका लागि सामुहिक प्रार्थना गरेर ईद मनाएको बताउनुभयो । नामाज पछि मुस्लिम समुदायले एक अर्कासंग शुभकामना आदानप्रदान तथा घरघरमा गएर बिरीयानी , कवाब , सेवाई र बिभीन्न प्रकारका परिकारहरु खाने र अरुलाई समेत खुवाउने गर्दछन् । मस्लिम समुदायले ईदमा समुदायमा बर्षभरीको आम्दानी हिसाव गरेर आम्दानीको साढे २ प्रतिशत आम्दानी गरिव र असहायहरुलाई बांडने परम्परा समेत रहेको छ । ईद मुस्लिम समुदायको सबै भन्दा ठूलो पर्वका रुपमा लिईने गरेको छ ।