Tuesday, October 18, 2011
कानुन विपरित काम गर्ने कसैलाई पनि उनमुक्ति नमिल्ने, रावल
नेपालगन्ज, कार्तिक १
एमाले नेता भिम रावलले हत्या अभियोग लागेका प्रभु शाहलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउनु भएको छ । प्रेस चौतारी बााकेले मंगलबार बिहान नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पुर्ब गृहमन्त्री समेत रहनु भएका एमाले नेता रावलले मन्त्री हुन् या नेता हुन, कानुन बिपरित काम गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने तर्क गर्नु भयो ।
सरकारले दुबै मन्त्रीलाई कानुनी दायरामा ल्याएर दण्डहिनताको अन्त्य गर्नु पर्ने उहााको सुझाब थियो । नेता रावलले जिम्मेवार पदमा बसेर रक्षामन्त्री शरदसिंह भण्डारीले देश टुक्र्याउने अभिब्यक्ती दिनु नेपाली जनताको अधिकार माथी खेलवाड गरेको बताउनु भयो । हिमाल, पहाड र मधेशमा बस्ने सबै नेपाली नै भएको बताउदै कसैले भन्दैमा देश टुक्रीन नसक्ने स्पष्ट पार्नुभयो ।
मुलुकमा जारी राजनितीक उतार चढापले गर्दा तोकिएको समयमा पनि संबिधानको पहिलो मस्यौदा जारी नहुने ठोकुवा उहााले गर्नु भयो । अर्को एक फरक प्रसंगमा नेता रावलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो भारत भ्रमणको सिलशिलामा कुनैपनि सन्धी सम्झौतामा हस्ताक्षर गर्न नहुने धारणा राख्नु भयो ।
Subscribe to:
Comments (Atom)